१२ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

बंंगलाचुली गाउँपालिकामा गठबन्धनको जीत

दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ। यो पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका तुलसीपुराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्त बहादुर जिसी निर्वाचित भएका हुन्।

पुन ५ जार ७ सय ४९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्पर्धाी एमालेका भेषराज खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा कांग्रेसका जिसी ५ हजार ९ सय ४५ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सरस्वता घर्तीले ३ हजार २ सय ६५ मत प्राप्त गरिन्। यो पालिकामा १० हजार ७ सय ३३ मत खसेको थियो। यो पालिकामा २०७४ को निर्वाचनमा पनि नेकपा माओवादी केन्द्र निर्वाचित भएको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App