८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष विजयी मीनबहादुर गुरुङ र सीता अधिकारी ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

गएराति सम्पन्न मतगणनामा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ र सीता अधिकारी बिजयी भएका हुन्।

कांग्रेसका गुरुङ निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई ४८२ मतान्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा विजयी भए। विजयी गुरुङले ५ हजार ९८१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी विक्रम गुरुङले ५ हजार ५१५ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षतर्फ नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन्। अधिकारी निकटम प्रत्यासी एमालेकी सीता तिवारीलाई ४२५ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्। विजयी अधिकारीले ५ हजार २७५ मत प्राप्त गरिन् भने पराजित तिवारीले ४ हजार ८९७ मत प्राप्त गरिन्।

माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका ७ वटा वडामा विजयी भएको छ । बाँकी २ वटा वडामध्ये एमाले र नेकपा माओवादी केन्द्रले १/१ वटा वडा जितेका छन्। कांग्रेसका वडा नम्वर १ मा ईन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट वडा नम्वर ६ मा टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठप्रसाद भण्डारी विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App