coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

पाल्पाको तिनाउँमा एमालेका अध्यक्ष श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका थापा विजयी

पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भएका छन्।

तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठले ५ हजार ९० मत ल्याएर प्राप्त गरेको निर्वाचन अधिकृत जनार्दन अधिकारीले बताए। अध्यक्षमा विजयी श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे। गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेश श्रेष्ठलाइ हराउँदै प्रेम गाउँपालिका अध्यक्ष बनेका हुन्।  

उपाध्यक्षमा विजयी नेपाली कांग्रेसका थापाले ५ हजार ८२ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन्। २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।

तिनाउँमा कुल १० हजार ३१६ मत खसेको थियो। तिनाउ गाउँपालिकाको वडाध्यक्षमा एमालेबाट १ मा भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ४ बाट तुलबहादुर आले र ५ बाट इन्द्रा चिदी वियजी भएका छन्। नेपाली कांग्रेसबाट वडा नं. ३ मा चित्रबहादुर थापा र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App