१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

भक्तपुर-२ मा ५२ प्रतिशत मतदाता जेन-जी!

भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् । यो क्षेत्रका १३ प्रतिशत मत मात्रै संगठित मत भएकोले बाँकी मत स्वतन्त्र उम्मेदवारहरुलाई जाने भएर स्वतन्त्र उम्मेदवार विजयी हुने उनको दावी छ ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार गरेको साक्षात्कारमा महतले यो क्षेत्रका धेरै स्वतन्त्र उम्मेदवारहरुमध्ये आफू एक्लै मात्रै वास्तविक स्वतन्त्र उम्मेदवार रहेको दावी गरे ।

यो क्षेत्रमा १७ जना स्वतन्त्र उम्मेदवारहरु छन् । तर तिनीहरु सबै पार्टीले आफनाआफना उम्मेदवारहरुको सहयोगका लागि उम्मेदवारीका लागि उम्मेदवारी दिएका डमी उम्मेदवार रहेको उनले बताए ।

यो क्षेत्रमा विभिन्न राजनीतिक पार्टीहरुबाट १५ जना पार्टीका उम्मेदवारहरु छन् । पार्टीका १५ र स्वतन्त्र १७ गरी ३२ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।

भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्टिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जीतमान लामालगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

भक्तपुर क्षेत्र नं २ मा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले आलोपालो जित निकाल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जित निकालेको थियो । त्यसपछि २०५१ सालमा नेपाल मजदुर किसान पार्टीले जित भएको थियो । त्यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेसले जितेको थियो । फेरि २०७० सालमा नेपाल मजदुर किसान पार्टीले जितेको थियो । त्यसपछि  एमालेले २०७४ सालमा एक पटक जित निकालेको थियो । त्यसपछि फेरि २०७९ सालमा नेपाली कांग्रेसले जितेको थियो ।

यस क्षेत्रमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ सालमा एमालेका महेश बस्नेत र यसअघिको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए । यस निर्वाचन क्षेत्रमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा नगरपालिकाहरु पर्दछन् । यी दुई नगरपालिकामध्ये मध्यपुर थिमि नगरपालिकामा ९ वटा र सूर्यविनायक नगरपालिकामा १० वटा गरी कुल १९ वटा वडाहरु छन् । यहाँ कुल

९८ हजार तीन सय ५६ मतदाता छन् ।  

प्रकाशित: १२ फाल्गुन २०८२ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App