२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

जगन्नाथको मूर्ति काठकै किन?

विश्वास

भगवान् जगन्नाथ, बलभद्र र सुभद्राको मूर्ति किन काठको बन्यो ? यसो हुनुमा पनि कैयौं पौराणिक कथा र धार्मिक मान्यता रही आएको पाइन्छ। यी भगवान्का पूजा र परम्पराको एउटा अनौठो र महत्त्वपूर्ण हिस्सा पनि रही आएको पाइन्छ।

एक प्रचलित पौराणिक कथाअनुसार राजा इन्द्रद्युम्नलाई भगवान् विष्णुले सपनामा दर्शन दिएर निर्देशन दिए कि उसले समुद्रको किनारमा रहेको एक विशेष काठको लट्ठाद्वारा उनको मूर्ति बनाउनु र राजाले भगवान्को आदेशबमोजिम त्यस काठलाई ल्याउन लगाए तर त्यस काठमा मूर्ति बनाउनका लागि कुनै पनि मूर्तिकारले छिना चलाउनै सकेनन्। तब स्वयं भगवान् विश्वकर्मा एक बुढोको भेषमा आए र मूर्ति बनाउन तयार भए तर उनले एउटा सर्त के राखे भने जबसम्म उनले मूर्ति तयार नपारेसम्म कुनै पनि व्यक्ति त्यस कोठामा प्रवेश नगरोस्। राजाले यो सर्त माने।

धेरै दिनसम्म त्यस कोठाबाट कुनै आवाज नआएकाले रानीले राजालाई ढोका खोलेर हेर्न आग्रह गरिन्। उत्सुक भएर राजाले त्यस कोठाको ढोका खोले। ढोका खुल्नेबित्तिकै विश्वकर्मा रूपी बुढो अचानक गायब भए। मूर्ति भने अधुरै रह्यो। मूर्तिमा हात र खुट्टा बनाउन बाँकी थियो। त्यसबेलादेखि नै त्यस अधुरो मूर्तिकै पूजा गरिँदै आइरहेको छ। यसले के दर्साउँछ भने भगवान् निराकार छन्, उनलाई कुनै विशेष रूपको आवश्यकता पर्दैन।

नैवेध र प्राकृतिक महत्त्व

भगवान् जगन्नाथ, बलभद्र र सुभद्राका मूूर्तिहरू निमको काठबाट बनेका हुन्छन्। हिन्दु धर्ममा निमलाई धेरै पवित्र र औषधीय गुणयुक्त वृक्ष मानिन्छ। निमको काठद्वारा बनेका मूर्ति अधिक प्राकृतिक र जीवनसँग जोडिएको मानिन्छन्। यो पनि मानिन्छ कि काठका मूर्ति धेरै सजिलैसँग भक्तहरूसँग जोडिन्छ। त्यस्तै भगवान्लाई चढाइने नैवेधमा पनि प्राकृतिक महत्त्व झल्किरहेको हुन्छ।

नवकलेश्वर अनुष्ठान

पुरीमा जगन्नाथ मन्दिरका सबैभन्दा खास परम्पराहरूमा एक हो ‘नवकलेश्वर’ अनुष्ठान। हरेक १२ वा १९ सालको अन्तरालमा जब अधिकमास आउँछ, ती पुराना मूर्तिलाई विशेष विधिविधानद्वारा बदलिन्छ र त्यसको ठाउँमा निमको काठले बनाएका नयाँ मूर्तिहरू स्थापित गरिन्छ। यो प्रक्रिया अत्यन्त गोपनीय र पवित्र मानिन्छ। यो अनुष्ठान यो कुराको प्रतीक हो कि शरीर नश्वर छ, तर आत्मा (ब्रह्म अमर छ) मूर्ति फेर्नुलाई जीवन र मृत्युको चक्रलाई दर्साउँछ। यदि मूर्ति धातु वा ढुंगाको भए त्यसलाई बदलिन सम्भव हुँदैनथ्यो।

लौकिक र मानव रूप

अन्य देवीदेवताका मूर्ति अक्सर धातु वा ढुंगाका हुन्छन्, जसले अमरता र अलौकिक शक्तिलाई दर्साउँछ। त्यही जगन्नाथ, बलभद्र र सुभद्रालाई मानव जीवसँग नजिक मानिन्छ। काठको मूर्ति त्यसमा सरलता र अधुरो स्वरूपले यो दर्शाउँछ कि भगवान् भक्तको बिचमा उनका पीडा र भावनालाई सम्झाउँछ।

सङ्क्षेपमा जगन्नाथ, बलभद्र र सुभद्राका मूर्तिहरू काठका हुनुमा केवल एक परम्परा मात्र होइन, यसमा गहिरो आध्यात्मिक अर्थ छ। यी मूर्तिले जीवन, मृत्यु, र भगवान्को लौकिक स्वरूपलाई दर्साउँछन्।  

प्रकाशित: १९ पुस २०८२ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App