२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

ठडियो बिस्का जात्राको ल्योसिंद्य

भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार राति ल्योसिंद्य (लिंगो) उठाउन सफल भएको छ ।  

साँझदेखि तान्न सुरु गरेको ल्योसिंद्य राति आठ बजे उठाउन सफल भएको हो । ल्योसिंद्य डोरीको सहायताले तानेर उठाउने गरिन्छ । प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा यसरी ल्योसिंद्य उठाउने गरिन्छ । ५५ हात लामो भएकाले सयौ युवाले घण्टौ तानेपछि बल्ल लिंगो उभ्याउन सकिन्छ ।  

ल्योसिंखेलमा ल्योसिंद्य उठाउने जात्रा हेर्न दिनभर हजारौको घुइँचो लागेको थियो । जात्रा हेर्न भक्तपुरसहित मध्यपुर थिमि, काठमाडौं, ललितपुर, काभ्रेलगायतकाबाट हजारौ मानिस आएका थिए ।  

उठाइएको यो ल्योसिंद्य भोलि बैशाख १ गते सांझ ढाल्ने गरिन्छ । आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण नै यो ल्योसिंद्य उठाउनु हो ।

प्रकाशित: ३० चैत्र २०८२ २०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App