१७ माघ २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

सकियो तीन महिने वर्षावास

बुद्ध धर्मावलम्वीको महत्वपुर्ण पर्व वर्षावास सकिएको छ । असार पूर्णिमादेखि असोज पूर्णिमासम्मको अवधिलाई वर्षाबासका रुपमा मनाईने गरिन्छ ।  

बुद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व हो । लुम्बिनी र प्राचिन कपिलवस्तुसहित ४५ स्थानमा वर्षाबास बसेका भिक्षुहरुले यसवर्षको वर्षाबास विधिवतरुपमा समापन गरेका हुन्। यसवर्ष लुम्बिनी, तिलौराकोट, निग्रोधराम, महावन र रामग्राममा गरी ४० जना भिक्षुहरु वर्षाबास बसेका थिए ।  वर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ ।  

बुद्ध धर्माबलम्वीका लागि वर्षावास निक्कै महत्वपुर्ण पर्व हो । तिलौराकोटर निग्रोधराम कुदानमा गरी ९ जनाले वर्षाबासमा बसेको निग्रोधराम बिहारका ब्यवस्थापक राजेश ज्ञवालीले बताए । तिलौराकोटमा भिक्षु पराजुकित अनन्तको नेतृत्वमा ४ जना र निग्रोधरामा कुदानमा परा संकारित बुद्धोको नेतृत्वमा ५ जना बर्खाबास बसेको थिए  । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगबान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ हो । निग्रोधाराम कुदान भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा मातापितासँग भेट गरेका महत्वपूर्णस्थल हो ।  

तिलौराकोटमा भिक्षु जरुकितको नेतृत्वमा र निग्रोधराम कुदानमा भिक्षु सोङकिटको नेतृत्वमा बर्षावास बसेका थिए । लुम्बिनीको राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशना सहित बर्षाबासको समापन भएको बताए । लुम्बिनीमा विगत ९ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ । 

भिक्षु सागरधम्मले भगवान बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्धजन्मस्थल लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए । उनले आफूहरुले विगत ९ वर्षदेखि स्थानीयहरुलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशिल ग्रहण, बुद्धपूजा र धर्मदेशनामा सरिक गराएको बताए । भिक्षु धम्मले लुम्बिनी धार्मिक पर्यटकीयस्थल भएकाले यहाँ धार्मिक अनुष्ठानका कार्यक्रमहरु बढाउनु पर्नेमा जोड दिए ।  

ब्यापारीहरुले लुम्बिनीका स्थानीयलाई जोड्दै आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । वर्षा याममा हुने वर्षावास बस्नाले आफुले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए । वर्षाबास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेकोछ । वर्षाबासका बेला साझ–विहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पुजाआजा गरिन्छ । वर्षावासका बेला विहान एक छाक खाना खाने गर्दछन् । सके सम्म स्थानीय बासिन्दासंग भिक्षा मागेर खाने गर्दछन् ।

प्रकाशित: २२ आश्विन २०८२ १७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App