२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

तस्बिर : दिपेश दर्शनधारी/नागरिक

इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ ।  

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

कुरानमा यो पर्वमा मुस्लिम समुदायले एक महिना व्रत बस्नुपर्ने उल्लेख छ । अल्लाहले नै एक महिना व्रत बस्न हुकुम (आदेश) दिएको विश्वास गरिन्छ । अल्लाहले कुरान मार्फत एक महिना व्रत बस्ने आदेश दिएको धार्मिक अगुवाहरु बताउँछन् । यो आदेश कुरानको सुरा–ए–बक्रराहको आयात नम्बर १८५ मा दिइएको छ । त्यही कारण रमजान पर्वमा एक महिना व्रत बस्ने गरेको बताइन्छ ।

धर्मिक जानकारहरूका अनुसार रोजा फारसी शब्द हो, जसलाई नेपालीमा उपवास भनिन्छ । अरबीमा उपवासलाई भने माह–ए–सियाम भनिन्छ । रमजानको महिना कहिले २९ दिन त कहिले ३० दिनको हुन्छ । नेपाल र भारतका मुस्लिम समुदायमा फारसी प्रभाव बढी परेकाले उपवासको फारसी शब्द रोजा नै बढी प्रयोग हुने गर्छ ।  

मुस्लिम समुदायको रमजान महिनामा रोजा बस्नु (फर्ज) कर्तव्य मानिन्छ । रमजान इस्लाम धर्मको पाँच पिल्लरमध्ये एक हो । यसको पाँच पिल्लरमा कल्मा, नमाज, रोजा, जकात र हज पर्छन् । जसमध्ये एक रोजा हो । अर्थात् गर्नैपर्ने काम हो यो । यो व्रत बस्दा मरेपछि जन्नतमा जान पाइने मान्यता छ । अर्को शारीरिक रूपमा पनि रोजाका फाइदा छन् । मुख्यतः व्रत बस्दा कुलत बानी छुट्ने गर्छ । जाँडरक्सी, चोरी, चुरोट, सुर्ती जस्ता पदार्थ सेवन गर्नु रोजामा वर्जित गरिएको हुन्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

मौलानाहरुका अनुसार गलत कामबाट बचाउने माध्यमको रुपमा यसलाई लिइन्छ । उनीहरु भन्छन्, ‘किनकि एक महिना व्रत बस्दा सबै खराब बानी त्याग्नुपर्छ, मन शुद्ध हुन्छ । जसले गर्दा राम्रो काम गर्ने बानी नै बस्छ । अनि पछि गएर मान्छे कुलत बानी हटछ ।’ रमदान महिनाको मुख्य उद्देश्य भनेको निराहार व्रत राखी सधैं अनुशासित ढंगबाट जीवन बिताउनु रहेको मौलानाहरूको भनाइ छ ।

प्रकाशित: ८ फाल्गुन २०८२ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App