अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसँग होली मनाएका छन्। चितवन पुगेका विपिनले उतै सभापति लामिछाने र लामिछाने पत्नी निकिता पौडेलसँग होली मनाएको भिडियो सार्वजनिक भएको हो।
उनीहरूले एक अर्कालाई अबिर दलेर होली मनाएका छन्। विपिन पछिल्लो समय छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने हुलियामा रहेको फोटो सेयर गर्दै चर्चामा आएका छन् ।
प्रकाशित: १८ फाल्गुन २०८२ १७:०२ सोमबार





