नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना र जमरा राखेर नवदुर्गामध्ये पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा गर्दैछन्।
घरको पूजा कोठा वा दसैंघरमा विधिपूर्वक घटस्थापना गरेर शैलपुत्री देवीलाई आह्वान गरी पूजा गरिन्छ। नवदुर्गामध्ये पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्ये एक हुन्। हिमालयकी छोरी पार्वती नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणमा उल्लेख छ। शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रूपमा पूजा गरिन्छ।
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी खुसी भएर उनको छोरीका रूपमा जन्मिएको विभिन्न पुराणमा उल्लेख छ। आज घटस्थापनासँगै काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना र दर्शन गर्ने भक्तको भीड लाग्छ।



प्रकाशित: ६ आश्विन २०८२ ०९:०४ सोमबार





