२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

सिदिङ्वाका विद्यालयमा आज शोक बिदा

शिक्षकको निधनमा शोक मनाउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विद्यालय आइतबार (आज)का लागि बन्द गरिएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार शिक्षक राजेन्द्र रायको निधनमा दुःख व्यक्त गर्दै स्वर्गीय रायको निधनमा शोक मनाउन पालिकाको शिक्षा समितिले आइतबार एक दिनका लागि पालिकाभरिका विद्यालयमा बिदा दिने निर्णय गरेको छ।

सर्लाही जिल्लाको कौडेना गाउँपालिका वडा नं २ घर भएका स्वर्गीय शिक्षक राय सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बूदिनस्थित देउराली आधारभूत विद्यालयमा कार्यरत थिए। रायको साउन २४ गते निधन भएको थियो।

प्रकाशित: २५ श्रावण २०८२ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App