२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

तिजलाई मौलिक पहिचानसहित मनाऔं, अन्धविश्वास त्यागौँ : अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताको लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तिज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमा तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, 'तिज आआफ्नो माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसंगीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुखदुख साट्ने र पुराना सम्बन्ध पुनःताजगी गर्ने महिलाको सांस्कृतिक पर्व हो।'

पूर्वीय दर्शनमा तिज पर्वको महत्व र प्रारम्भको आफ्नै इतिहास छ। लक्ष्य प्राप्तिको लागि कठिन संघर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तिज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणको लागि प्रेरणा दिने पर्वको रूपमा मनाउन थालिएको छ।

परम्पराको नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तिज पर्वलाई मनाउन आवश्यक भएको अध्यक्ष दाहालको भनाइ छ। उनले भनेका छन्, 'तिज पर्वमा भित्रिन सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिप्रति सचेत रहँदै लैंगिक विभेदमुक्त समतामूलक समाज निर्माणको लागि छलफल, बहस र पैरवी गर्ने पर्वको रूपमा तिज मनाउन म सबैमा अनुरोध गर्छु।'

प्रकाशित: १० भाद्र २०८२ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App