हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।
सोमबार पशुपतिनाथ पुगेकी पौडेलले भगवान् शिवको विधिपूर्वक पूजा गरिन्। पूजापछि उनले मन्दिरका पुजारीबाट टीका तथा फूलप्रसाद ग्रहण गरिन्।
नेपाली हिन्दु महिलाहरूले विशेष श्रद्धाका साथ मनाउने हरितालिका तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। तीजमा महिलाहरूले शिव–पार्वतीको पूजा गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने धार्मिक परम्परा रहँदै आएको छ।
प्रकाशित: २९ भाद्र २०८३ १६:२३ सोमबार





