२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

एकैदिन ६ हजारले गरे पाथीभराको दर्शन

ताप्लेजुङको पाथीभरा दर्शन गर्ने दर्शनार्थीको संख्या यो सिजनमा बढेको छ । यो सिजनमा एकैदिन ६ हजारभन्दा बढीले पाथीभराको दर्शन गरेका छन् । कात्तिकको १० गते सम्ममा पाथीभरा मन्दिरमा झण्डै १६ हजार तीर्थालुले दर्शन गरेका छन् ।  

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार कात्तिक १० गते सोमबार दुई हजार ६७८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । शनिबार यो सिजनकै सबैभन्दा बढी दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए । शनिबार ६ हजार ३९३ जनाले मन्दिरको दर्शन गरेका छन् ।  

आइतबार २ हजार ९७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक १ गते १ हजार ८४० जना, २ गते ३४१ जना, ३ गते ७७४ जना, ४ गते ३७२ जना र ५ गते १४३ जनाले दर्शन गरेका छन् ।  

त्यस्तै कार्तिक ६ गते १४७ जना र ७ गते २५० जना तीर्थालु मन्दिर दर्शन गर्न पुगेका थिए ।  

२०८१ सालको कात्तिक महिनामा ६१ हजार १७३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको तथ्यांक क्षेत्र विकास समितिसँग छ ।  

२०८२ सालको असोज महिनाभरमा २९ हजार १७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । २०८१ सालभर २ लाख २१ हजार ६०२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए ।  

पाथीभरा क्षेत्रको काफ्लेपाटीमा पर्यटक प्रहरी सहायता केन्द्रमार्फत र माथिल्लो फेदीमा क्षेत्र विकास समितिका कर्मचारीमार्फत पाथीभरा दर्शन गर्न आउने तीर्थालुको अभिलेख राख्ने गरिएको छ ।  

 

प्रकाशित: १० कार्तिक २०८२ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App