३० भाद्र २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

गणेश चतुर्थीको अवसरमा ३०८ कुमार पूजा

गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मङ्गलबार ३०८ कुमारको पूजा गरिएको छ।

पनौती बोलबम परिवार सङ्घको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौंका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो।

भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ।

कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।

कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको उल्लेख्य भीड लागेको थियो। पनौती बोलबम परिवार सङ्घले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको सङ्घका अध्यक्ष महेश धाजुले बताए।

उनका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ।

‘कुमार पूजा केवलकुमार बालकको व्यक्तिगत पूजा होइन, सामूहिक मङ्गल कामनासँग पनि जोडिएको छ। विभिन्न ठाउँबाट बालकहरूलाई बोलाएर सामूहिक रूपमा पूजा गर्नुको उद्देश्य समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु तथा धार्मिक–सांस्कृतिक परम्परालाई निरन्तरता दिनु हो’, अध्यक्ष धाजुले भने।

प्रकाशित: ३० भाद्र २०८३ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App