कपिलवस्तुमा सदभावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धुमधामसँग मुहर्रम पर्व मनाएका छन । दुबै समुदायले घरमा राखेको मुर्हरमको प्रतिक ताहाजिया बाबाको कबर्लामा बिर्सजन गरी मुर्हरमको समापन गरेका हुन । मुस्लीमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा आईतबार मुस्लीम र हिन्दुहरुले संगै मनाएका हुन ।
मुस्लिम र हिन्दु समुदायको उल्लेख्य सहभागितामा मनाइने जिल्लाका एक मात्र यो पर्व हो । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लीमहरुले हर्षोल्लास र धुमधमासँग मुोहर्रम मनाउने गरेका छन् ।
सो अवसरमा मुस्लीमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए । जिल्लाका सय भन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला भर्न हजारौ श्रद्धालु भक्तजनहरु आएका थिए । यो पर्वमा हजरते ईमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पुजाअर्चना गरिएको थियो । जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो ।
भाकल गरी तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोईच्छा पूरा हुने गरेको भक्तजनहरु बताउँछन् । साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।
यसैबीच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमता गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा बिसर्जन गरीएको थियो । सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए । मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले सर्वत् फलफुल लड्डु लगायतका परिकार वितरण गरेका थिए । इस्लाम धर्मका प्रर्वतक ईमाम हुसनेको सम्झनामा यो पर्व मनाईन्छ ।
१४ सय वर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झनास्वरुप मुहर्रम मनाउँदै आएको मुस्लीम धर्म गुरुहरु बताउँछन् । यजिद नामक शासकविरुद्ध युद्धकाक्रममा शाहदत प्राप्त गरेका थिए ।
अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाईन्छ । ईस्लामिक नयाँ वर्ष हिजरी संबत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन् । मोहर्रमको १० औं तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए । यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडा सहीतको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ । साथै मुहर्रमका दिन तरवार, लठ्ठी नचायर, ट्युव लाईटलाई टोउकोले फुटालेर, मुखमा आगो राखेर सहासिक प्रदर्शन समेत गरिन्छ । घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर बिर्सजन गरिन्छ ।
प्रकाशित: २२ असार २०८२ १९:२८ आइतबार