१२ माघ २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

आज मोहिनी एकादशीको व्रत गरिँदै

दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ।

मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ। यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेको बताइन्छ। सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ।

गुरु वशिष्ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथा समेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पारेको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। आजका दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता छ।

प्रकाशित: २५ वैशाख २०८२ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App