डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना 'खुशीको बोनस - ३६५ दिन नै बोनस' सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता लक्की ड्र मा सहभागी हुनेछन् ।
सहभागीमध्ये कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने डिशहोमले जनाएको छ । विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् ।
डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो । विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमा गरिनेछ । शुक्रबार नभएमा आइतबार साँझ ५ बजे गरिनेछ ।
नयाँ जडानका लागि नजिकको डिशहोम डिलरमा सम्पर्क गर्नुहोस् । रिचार्जका लागि: खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्नुहोस् ।
१०० एमबिपिएस प्रतिवर्ष ८ हजा ५ सय (भ्याटसहित), २०० एमबिपिएस प्रतिवर्ष ११ हजार ५ सय (भ्याटसहित), ३०० एमबिपिएस प्रतिवर्ष १३ हजार ५५० (भ्याटसहित) रुपैयाँ लाग्नेछ ।
प्रकाशित: ७ श्रावण २०८२ २१:०५ बुधबार





