२० भाद्र २०८३ शनिबार
image/svg+xml
कर्पोरेट

नुवाकोटका राहत शिविरमा सुविसुको निःशुल्क Wi-Fi सेवा

बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता पुर्‍याउन सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ।

विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी प्रभावितका लागि परिवार तथा आफन्तसँग सम्पर्क गर्न र सूचना आदानप्रदान गर्न सेवा उपलब्ध गराइएको हो। सेवा विद्यालय र स्थानीय समाजसेवीसँगको समन्वयमा सञ्चालन गरिएको छ।

विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले कठिन परिस्थितिमा प्रभावित परिवारलाई सञ्चारमा सहजता मिलेको बताए। समाजसेवी रमेश श्रेष्ठले विपद्का बेला सञ्चार अत्यावश्यक भएकाले निःशुल्क इन्टरनेट सेवाले प्रभावित परिवारलाई ठूलो सहयोग पुगेको बताए।

यसैगरी, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका करिब ३००–४०० जनाका लागि पनि सुविसुले निःशुल्क Wi-Fi सेवा उपलब्ध गराएको छ। विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीले प्रभावित परिवारलाई आफन्तसँग सम्पर्कमा रहन सेवा उपयोगी भएको बताए।

विपद्का बेला सञ्चार अत्यावश्यक हुने भएकाले प्रभावित समुदायलाई सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण भूमिका खेल्ने सुविसुले जनाएको छ। कम्पनीले नुवाकोटका अन्य राहत शिविर तथा प्रभावित क्षेत्रमा पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: २० भाद्र २०८३ २०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App