२० मंसिर २०८२ शनिबार
image/svg+xml
कर्पोरेट

माछापुछ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा महानगरपालिकाको २७ नम्बर वडा तालचोकमा रहेको माछापुछ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लिको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।  

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा माछापुछ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लिमा प्राप्त गर्न  सकिनेछन् । उक्त सम्झौता पत्रमा माछापुछ्रे पोलिक्लिनिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरे ।  

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

 

प्रकाशित: ५ भाद्र २०८२ १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App