२० मंसिर २०८२ शनिबार
image/svg+xml
कर्पोरेट

सिद्धार्थ बैंकको साधारण सभाबाट १०.५३ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  

सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय नब्बे रुपैँयाको ५ प्रतिशत बराबरको सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रकाशित: ३० कार्तिक २०८२ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App