एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमाई नगरपालिका–९, सिरहास्थित श्री महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका–२, बर्दियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उपमहानगरपालिका–१९, जब्दी, सुनसरीस्थित श्री पञ्चायत रजतजयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका–२, अमरदह, मोरङस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको छ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।
हाल ६७२ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री महावीर माध्यमिक विद्यालय चैनपुरमा मिति २०८३ भदौ ३१ गते आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका लहान सर्कल हेड श्री लेखराज पौडेल र लहान शाखा प्रमुख श्री राजेश्वर शाहले संयुक्त रूपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री रामकुमार ठाकुरलाई एक थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर हस्तान्तरण गरेका थिए।
त्यसैगरी, २९३ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई सोही मितिमा बैंकको धनगढी शाखा प्रमुख श्री महेन्द्रबहादुर शाहीले उक्त विद्यालयका प्रधानाध्यापक श्री कलमबहादुर शाहीलाई एक थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका थिए।
त्यस्तै, १६९ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री पञ्चायत रजतजयन्ती आधारभूत विद्यालयलाई पनि उक्त मितिमा बैंकका इटहरी सर्कल हेड श्री विशाल घिमिरे र तरहरा शाखा प्रमुख श्री सन्देश भण्डारीले संयुक्त रूपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री गोपीकृष्ण दंगाललाई दुई थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका थिए।
हाल ११५७ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई मिति २०८३ भदौ ३० गते आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका दमक सर्कल हेड श्री भूपेन्द्र पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक श्री धनबहादुर बस्नेतलाई दुई थान ल्यापटप र दुई थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका थिए।
बैंकले उक्त विद्यालयहरूलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुका साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
प्रकाशित: १ आश्विन २०८३ १८:१४ बिहीबार





