२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कर्पोरेट

एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ डुअलकुल एयर कन्डिसनर शृंखला

एलजी इलेक्ट्रोनिक्सले नेपाली घरपरिवारलाई लक्षित गर्दै आफ्नो नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर शृंखला सार्वजनिक गरेको छ। सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो।

एलजीका अनुसार नयाँ एयर कन्डिसनर शृंखलामा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि समावेश गरिएको छ। यस प्रविधिले प्रयोगकर्तालाई विद्युत् खपत व्यवस्थापन गर्न र एयर कन्डिसनरको ऊर्जा प्रयोगलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नयाँ डुअलकुल एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्ने तथा ४० प्रतिशतसम्म छिटो शीतलता प्रदान गर्ने क्षमता राख्छ।

यसमा ‘फ्रिज क्लिन’ नामक सुविधा पनि समावेश गरिएको छ, जसले इभापोरेटरलाई स्वचालित रूपमा सफा राखेर स्वच्छ हावाप्रवाह कायम राख्न सहयोग पुर्‍याउँछ। कम्पनीका अनुसार उक्त प्रविधिले इभापोरेटरमा रहेका ब्याक्टेरियामध्ये ९९ प्रतिशतसम्म हटाउन सक्ने परीक्षणले देखाएको छ।

नयाँ मोडेलमा कनभर्टिबल ५–इन–१ मोड, गोल्ड फिन एन्टी–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालनजस्ता सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नेपाली मौसम र विद्युत् आपूर्तिको अवस्थालाई ध्यानमा राखेर यी विशेषताहरू समावेश गरिएको कम्पनीको भनाइ छ।

‘किलोवाट म्यानेजर’ सुविधामार्फत प्रयोगकर्ताले विद्युत् खपतको सीमा निर्धारण गर्न, वास्तविक समयको ऊर्जा प्रयोग अनुगमन गर्न तथा अत्यधिक विद्युत् प्रयोगबारे सूचना प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। साथै प्रयोगकर्ताको प्रयोगशैलीअनुसार स्वचालित रूपमा ऊर्जा बचत अनुकूलन हुने सुविधा पनि राखिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले ऊर्जा दक्षता नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको अवस्थामा नयाँ प्रविधिले उपभोक्तालाई व्यावहारिक लाभ दिने विश्वास व्यक्त गरे।

एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी रूपमा घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक कम्पनी हो भने नेपालमा यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०८३ १९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App