१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कर्पोरेट

दराज ११.११ सम्मिलित ब्रान्डहरुको बिक्रीमा ऐतिहासिक वृद्धि

यस वर्ष पनि दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले नेपालको सर्वाधिक प्रतिक्षित तथा लोकप्रिय किनमेल पर्वलाई नयाँ उचाइ प्रदान गरेको छ । कार्तिक २४ गतेदेखि सुरु भएको मेगा सेलमा यस वर्ष पनि उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन् ।

सन् २०२५मा आयोजित अन्य सबै दराजका अभियानहरुको तुलना दराज ११.११, द बिगेस्ट सेल अफ द इयरले २६ प्रतिशत अधिक अर्डर, अभूतपूर्व ट्राफिक वृद्धिका साथै सहजता, भ्यालु र विश्वासका लागि अनलाइन किनमेल गर्ने उपभोक्ताहरुका साथै पहिलोपटक यो अनुभव लिनेहरुको सर्वाधिक सहभागिता रहेको थियो ।

दराज एपभित्रै प्रमाणित र केवल अधिकृत र भेरिफाइड ब्रान्डहरुका लागि छुट्याइएको विशेष स्पेस दराजमलले यस वर्ष पनि कन्भर्जन र दीर्घकालीन उपभोक्ताहरुको विश्वास जित्दै असाधारण प्रदर्शनी प्रस्तुत गर्न सफल भएको छ । विगतका सेलहरुका तुलनामा दराजमलमा सम्मिलित ब्रान्डहरुले यसपटक २५ प्रतिशत अधिक आम्दानी, बिक्री संख्यामा १.४ गुणा वृद्धि र प्रोडक्ट पेज भिजिटका आधारमा ६५ प्रतिशतसम्मको वृद्धि प्रदर्शित गरेको छ ।

प्लेटफर्म भरमै सियाओमी, ब्रान्डहाउस, प्रोटिन नेपाल र एइबिबी गरी चार दराजमल पार्टनरहरुका सफलताको कथा विशेष रह्यो । इलेक्ट्रोनिक्स श्रेणीमा सियाओमीले दराज ६.६ अभियानको तुलनामा १० गुणा वृद्धि हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।

यस्तै, यस वर्षको ११.११ मा ब्रान्डहाउसले उल्लेखनीय वृद्धि हात पार्दै अप्रिल ४–४ सेलको तुलनामा आफ्नो अर्डरमा ३३३ प्रतिशत वृद्धि हासिल गरेको छ । यसरी थपिएका प्रमुख उत्पादनहरुमा एडिडासका स्वेटसर्ट र हुडी, एसिक्सकाका जुत्ता र जिम–वेयर, रिबकका फिटनेस एपेरलसहित अघिल्ला बेस्ट–सेलरहरूको रिफ्रेस गरिएको स्टक समावेश थिए । ती मध्य पनि एडिडास ‘हिरो ब्रान्ड’का रूपमा उदाउँदै कुल अर्डरको ४५ प्रतिशत योगदान गरेको थियो । रिबक र एसिक्सले संयुक्तरूपमा कुल अर्डरमध्ये आधाभन्दा बढी माग भित्र्याउन सफल भए ।

यसैगरी, दराज ११.११ मा प्रोटिन नेपालले उच्च–गतिको वृद्धि दर हात पार्दै दराजमलभित्र नेपालको सबैभन्दा छिटो बढ्दै गएको न्युट्रिसन ब्रान्डको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । आक्रामक मूल्य निर्धारण, विस्तृत प्रोमोसन र इनफ्लुयन्सर एक्टिभेसनको सहायताबाट ब्रान्डले दराज ६–६ को तुलनामा करिब तीन गुणा अधिक वृद्धि दर्ता गर्न सफल भएको हो ।

यस्तै, एइबिबीले यस वर्षको ११.११ मा उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दराज ६–६ को तुलनामा १६२ प्रतिशत अर्डर वृद्धि हासिल गर्न सफल रह्यो । कम्पनीले ११.११ को अवसरमा उपलब्ध गराएको विशेष मूल्य, नयाँ प्रोडक्ट लन्च र बलियो संयुक्त मार्केटिङ रणनीति यो सफलताका प्रमुख कारकहरु हुन् ।

सियाओमीको इलेक्ट्रोनिक्स नेतृत्वदेखि ब्रान्डहाउसको फेशन उछाल, प्रोटिन नेपालको न्युट्रिसन वृद्धि र एइबिबीको विश्वासमा आधारित विस्तारसम्म, दराजमलले, ब्रान्डहरू र लाखौँ सक्रिय उपभोक्ताको संयोजनमार्फत ब्रेकथ्रु सफलता सिर्जना गर्न सकिन्छ भन्ने कुरा पूणः प्रमाणित गरेको छ ।

प्रकाशित: १५ मंसिर २०८२ २०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App