३० भाद्र २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ : पीएमजिओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजिओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।

भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजिओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोनसमेत सञ्चालन हुनेछ। दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरण जस्ता कार्यक्रम सञ्चालन हुने छन्।

प्रतियोगिता अवधिभर सन्चालन हुने एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागीका लागि रोमाञ्चक हुनेछ।

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजिओ साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ। चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ।

प्रकाशित: ३० भाद्र २०८३ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App