नेपालको कृषि क्षेत्रमा डिजिटल सेवा विस्तार गर्ने उद्देश्यले Ncell ले अग्रणी डिजिटल कृषि प्लेटफर्म Super Krishak सँग साझेदारी गरेको छ। यस सहकार्यअन्तर्गत देशभरका किसानहरूले मोबाइल फोनमार्फत आधुनिक तथा प्रविधिमा आधारित कृषि सेवा प्राप्त गर्नेछन्।
Gham Power Nepal द्वारा विकास गरिएको सुपर कृषक एपमा हाल देशभरका ३० हजारभन्दा बढी किसान आबद्ध छन्। प्लेटफर्मले अनलाइन कृषि तालिम, ‘कृषि डाक्टर’ सेवा र ‘कृषि चिना’ (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल सुविधा प्रदान गर्दै आएको छ।
सहकार्यपछि यी प्रिमियम सेवाहरू अब Ncell को नेटवर्कमार्फत भ्यालु एडेड सेवाका रूपमा उपलब्ध हुनेछन्। किसानहरूले मोबाइलको मुख्य ब्यालेन्स प्रयोग गरी सजिलै सेवा लिन सक्नेछन्।
सेवा शुल्क
एक वर्षका लागि प्रत्येक तीन दिनमा रु. १३ (जम्मा रु. १,५६०)
६ महिनाका लागि प्रत्येक तीन दिनमा रु. १४ (जम्मा रु. ८४०)
६ महिनाका लागि एकमुष्ट रु. ७५६
१ वर्षका लागि एकमुष्ट रु. १,२४८
सेवामा आबद्ध भएपछि शुल्क सिधै मुख्य ब्यालेन्सबाट कट्टा हुने जनाइएको छ।
सुपर कृषकका प्रिमियम सेवामा ८०० भन्दा बढी बालीका रोग तथा किराको AI प्रविधिबाट पहिचान, स्थानीय भाषामा व्यक्तिगत कृषि परामर्श तथा आधुनिक खेतीसम्बन्धी चरणबद्ध तालिम समावेश छन्।
दुवै संस्थाले पहिलो वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म सेवा विस्तार गर्ने लक्ष्य लिएका छन्। यो सहकार्यले नेपालको कृषि क्षेत्रमा डिजिटल पहुँच विस्तार गरी प्रविधिमार्फत उत्पादनशीलता बढाउने विश्वास गरिएको छ।
प्रकाशित: १ फाल्गुन २०८२ १८:३७ शुक्रबार





