२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

सुविधा सेवाको २२ औँ वार्षिकोत्सव, एक लाखभन्दा बढीलाई रोजगारी

नेपालमा औपचारिक स्टाफिङ सेवामा अग्रणी सुविधा सेवाले आफ्नो २२ औँ वार्षिकोत्सव मनाएको छ । सन् २००३ मा स्थापना भएको यस कम्पनीले हालसम्म एक लाखभन्दा बढी रोजगारप्रार्थीलाई न्यायपूर्ण, कानुनसम्मत र प्रगतिमुखी रोजगारी दिलाएको जनाएको छ।

कम्पनीले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गरेको छ भने नेपाल सामाजिक सुरक्षा कोषका शीर्ष पाँच योगदानकर्तामध्ये एकका रूपमा रहेको छ । हालसम्म ५ सयभन्दा बढी व्यवसायसँग सहकार्य गर्दै आएको सुविधा सेवाले बैंकिङ, खुद्रा व्यापार, स्वास्थ्य, आतिथ्य, टेलिकम र ढुवानीजस्ता क्षेत्रमा रोजगारका अवसर सिर्जना गरेको छ ।  

सुविधा सेवाका प्रमुख कार्यकारी अधिकृत निरज बोहराले भने, “हाम्रो यात्रा केवल रोजगारी व्यवस्थापनमा सीमित छैन, सुरक्षित, सम्मानजनक र प्रगतिमुखी करिअर निर्माणमै केन्द्रित छ । २२ वर्षको यस यात्रामा शतप्रतिशत  श्रम कानुन अनुपालन , ९७ प्रतिशत ग्राहक प्रतिधारणदर र एक लाखभन्दा बढी रोजगारी सिर्जनाको उपलब्धि हाम्रो प्रतिबद्धताको प्रमाण हो ।”

प्रकाशित: १५ भाद्र २०८२ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App