१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:२६ अपराह्न
कर्पोरेट

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसले इन्टरनेट साझेदारको रुपमा साझेदारी गर्ने भएको छ । 

आगामी वैशाख ७ गते (अप्रिल २०) काठमाडौंमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे वर्ल्डलिंक कम्युनिकेसका तर्फबाट अध्यक्ष दिलिप अग्रवाल र नेपाल बिजनेश इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स, नेपाल बिजनेश इन्स्टिच्युटको आयोजनामा हुन लागेको सम्मेलनमा विभिन्न मन्त्रालय र स्थानीय तहहरु, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरुले सम्मेलनमा साझेदारी गर्नेछन् ।

वर्ल्डलिंक कम्युनिकेसका अध्यक्ष अग्रवालले स्टार्टअप, इनोभसन र सुचना, प्रविधिको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रियस्तरमा आयोजना हुने यसखाले सम्मेलनले सरकारको नीति निमार्णमा सहजिकरण र निजी क्षेत्रमैत्री वातावरण निमार्णमा सहयोग पुग्ने उनले बताए ।

त्यसैगरी, नेपाल बिजनेश इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक गैरेले सम्मेलनमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषय विज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्षरसंचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहने जानकारी दिए ।

प्रकाशित: ४ चैत्र २०८१ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App