५ पुस २०८१ शुक्रबार
image/svg+xml
कर्पोरेट

एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै

नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।

यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् । बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् ।

धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्ने कम्पनीले जनाएको छ ।

एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् ।

कम्पनीकाअनुसार ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ ।

जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् ।

प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ ।

यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ पुस २०८१ १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App