नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर २०४ रुपैयाँ १५ पैसा र बिक्री दर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ७५ पैसा र बिक्री दर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ४३ पैसा र बिक्री दर १०७ रुपैयाँ ८६ पैसा, सिंगापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ९१ पैसा र बिक्री दर ११८ रुपैयाँ ३७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४१ पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५५ पैसा र बिक्री दर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७८ पैसा र बिक्री दर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५७ पैसा र बिक्री दर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ४५ पैसा र बिक्री दर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ८० पैसा र बिक्री दर १५ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ २७ पैसा र बिक्री दर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिद दर ४९४ रुपैयाँ ६५ पैसा र बिक्री दर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिद दर ४०३ रुपैयाँ ७६ पैसा र बिक्री दर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिद दर ३९५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३९६ रुपैयाँ ९४ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताएको छ।
प्रकाशित: २७ असार २०८३ ०६:३३ शनिबार





