३ श्रावण २०८३ आइतबार
image/svg+xml
बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८५ पैसा र बिक्री दर १७६ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ६० पैसा र बिक्री दर २०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयांक एकको खरिद दर १९० रुपैयाँ ३४ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ १७ पैसा र बिक्री दर १०७ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ५७ पैसा र बिक्री दर ११० रुपैयाँ, सिंगापुर डलर एकको खरिद दर ११९ रुपैयाँ ११ पैसा र बिक्री दर ११९ रुपैयाँ ५८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्री दर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६९ पैसा र बिक्री दर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ९४ पैसा र बिक्री दर ४१ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ १७ पैसा र बिक्री दर ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५७ पैसा र बिक्री दर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ८६ पैसा र बिक्री दर ४२ रुपैयाँ ०३ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३७ रुपैयाँ ५५ पैसा र बिक्री दर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ९१ पैसा र बिक्री दर १५ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५२ पैसा र बिक्री दर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६१ पैसा र बिक्री दर १९ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिद दर ५०० रुपैयाँ ०३ पैसा र बिक्री दर ५०१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिद दर ४०७ रुपैयाँ ८५ पैसा बिक्री दर ४०९ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिद दर ३९९ रुपैयाँ ३६ पैसा र बिक्री दर ४०० रुपैयाँ ९१ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८३ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App