नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंसिर ४ गते सुन र चाँदी दुवैको मूल्य बढेको हो।
आजको सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ रहेको छ। त्सयसैगरि चाँदीको मूल्य ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ।
हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयँँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ।
हिजो सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ थियो भने चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ कायम गरिएको थियो।
प्रकाशित: ४ मंसिर २०८२ ११:१७ बिहीबार





