नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ७६ पैसा र बिक्री दर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १६२ रुपैयाँ ०९ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८७ रुपैयाँ ४३ पैसा र बिक्री दर १८८ रुपैयाँ २४ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपैयाँ ७८ पैसा र बिक्री दर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७० पैसा र बिक्री दर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ४४ पैसा र बिक्री दर १०० रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ४१ पैसा र बिक्री दर १०८ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४० पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४७ पैसा र बिक्री दर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ २५ पैसा र बिक्री दर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ३५ पैसा र बिक्री दर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ २८ पैसा र बिक्री दर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ०५ पैसा र बिक्री दर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०५ पैसा र बिक्री दर १० रुपैयाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ७१ पैसा र बिक्री दर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ८८ पैसा र बिक्री दर १७ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद दर ४५६ रुपैयाँ ७९ पैसा र बिक्री दर ४५८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिद दर ३७० रुपैयाँ ६८ पैसा र बिक्री दर ३७२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस
प्रकाशित: ७ भाद्र २०८२ ०६:१४ शनिबार





