एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि विशेष छुट अफर सुरु गरिएको छ। यस योजनाअन्तर्गत एनसेलका ग्राहकहरूले देशभरका हिमालयन जाभा कफीका आउटलेटहरूमा प्रिमियम कफी, पेय पदार्थ तथा खानेकुरामा आकर्षक छुट पाउने भएका छन्।
हालै सम्पन्न साझेदारी सम्झौताअनुसार, ४९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क पाउनेछन्। साथै तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट उपलब्ध हुनेछ।
त्यसैगरी, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै प्रकारका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्। अन्य ग्राहकहरूले पनि ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान प्रयोग गरेमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो सहकार्यले ग्राहकहरूबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले पनि यस साझेदारीबाट कफी प्रेमीहरूलाई नयाँ अनुभव प्रदान हुने बताए।
यो अफर प्रयोग गर्न कुनै दर्ता प्रक्रिया आवश्यक नपर्ने जनाइएको छ। ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ भित्र गई आफ्नो योग्यता अनुसारको छुट हेर्न सक्नेछन्। अर्डर गर्दा एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ भने स्क्रीनसट मान्य हुने छैन।
एक बिलमा एक मात्र छुट लागू हुने र ग्राहकको योग्यताअनुसार सबैभन्दा बढी छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ। प्याक सक्रिय रहेसम्म यो अफर पटक–पटक उपयोग गर्न सकिनेछ।
यस योजनाले ग्राहकहरूलाई आफ्नो विद्यमान सेवामा कुनै परिवर्तन नगरी अतिरिक्त सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
प्रकाशित: १ वैशाख २०८३ २०:२७ मंगलबार





