७ भाद्र २०८३ आइतबार
image/svg+xml
बजार

आज सुनको मूल्य बढ्दा चाँदी घट्यो

नेपाली बजारमा यस साताको पहिलो दिन सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत शुक्रबार प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज साताको पहिलो दिन दुई हजार ८०० रुपैयाँले बढेर तीन लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। गत शुक्रबार प्रतितोला चार हजार ९८५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर चार हजार ९७५ रुपैयाँमा झरेको छ।

प्रकाशित: ७ भाद्र २०८३ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App