सामसुङ नेपालले आफ्नो बहुप्रतीक्षित ग्यालेक्सी S26 सिरिजको प्रदर्शन नेपालमा सुरु गरेको छ। ग्यालेक्सी S26, S26+ र S26 अल्ट्रा मोडेलहरू मार्च ८ देखि १८ गतेसम्म प्रि-अर्डरका लागि उपलब्ध छन्।
यस सिरिजले प्रयोगकर्ताको दैनिक कामलाई सजिलो बनाउने एआई-आधारित सुविधा, उन्नत क्यामेरा र स्मार्ट एडिटिङ टुलहरू प्रदान गर्दछ। नयाँ सिरिजमा इन-बिल्ट प्राइभेसी डिस्प्ले, Nightography भिडियो र Creative Studio जस्ता सुविधा छन्।
प्रि-अर्डर ग्राहकहरूले सामसुङको आधिकारिक वेबसाइट वा रिटेल स्टोरबाट गर्न सक्नेछन्। विशेष अफरअनुसार, उच्च भण्डारण मोडेलमा स्टोरेज अपग्रेड र २४ महिनासम्म EMI सुविधा उपलब्ध छ।
मूल्य सूची (प्रति युनिट):
ग्यालेक्सी S26 अल्ट्रा: रु. २१२,९९९ – २९३,९९९
ग्यालेक्सी S26+: रु. १८२,९९९
ग्यालेक्सी S26: रु. १३३,९९९
सामसुङले ग्राहकलाई सुविधाजनक र सुरक्षित खरिद अनुभव सुनिश्चित गर्दै प्रि-अर्डरमा विशेष अफर उपलब्ध गराएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १९:१९ सोमबार





