रोएल एन्फिल्डले आफ्नो नयाँ अर्बन पर्फर्मेन्स रोडस्टर ‘गुएरिल्ला ४५०’ नेपालमा सार्वजनिक गरेको छ। दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ। गुएरिल्ला ४५० तीन भेरियन्ट — APEX, Dash र Flash — तथा आठ विभिन्न रङमा उपलब्ध हुनेछ।
रोयल इन्फिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गुएरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने, “१२५ वर्षको Pure Motorcycling यात्रालाई मनाइरहेका बेला नेपालमा गुएरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साहजनक कदम हो। यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो — चुस्त, सहज र दमदार। नेपाली युवा तथा स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौँ।”
गुएरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड-कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ। यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार ८५ प्रतिशतभन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले सहरदेखि हाइवे सबै प्रकारका सडकमा सहज पर्फर्मेन्स दिनेछ।
मोटरसाइकलमा ६-स्पिड गियरबक्स, assist तथा slip clutch, ride-by-wire प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन्।
गुएरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, एलईडी हेडलाइट, इन्टिग्रेटेड टेल ल्याम्प, अपस्वेप्ट साइलेन्सर तथा स्टेप्ड बेन्च सिटजस्ता फिचर समावेश छन्। ४३ एमएम शोवा टेलिस्कोपिक फ्रन्ट फोर्क, लिंकज-टाइप मोनो-शक तथा १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ।
मोटरसाइकलका सबै भेरियन्टमा रोयल इन्फिल्डको ४ इन्च TFT ‘Tripper Dash’ उपलब्ध हुनेछ, जसमा Google Maps-powered navigation तथा seamless smartphone connectivity सुविधा समावेश गरिएको छ।
कम्पनीले APEX भेरियन्टलाई थप स्पोर्टी बनाएको जनाएको छ। यसमा road-focused टायर, sculpted rear seat cowl, colour-coded front cowl तथा विशेष डिजाइन एलिमेन्ट उपलब्ध छन्।
Royal Enfield ले गुएरिल्ला ४५० का लागि विभिन्न accessories पनि उपलब्ध गराएको छ। यसमा engine guard, sump guard, urban seat, tinted flyscreen, bar-end mirror तथा soft pannier जस्ता विकल्प छन्।
नेपालमा गुएरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको छ। साथै, डेलिभरी आजैबाट सुरु हुने र नेपालभरका रोयल इन्फिल्डका शोरुमहरूमा गुएरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले Borderless Warranty Program पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत विश्वभर रहेका ३,००० भन्दा बढी सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुनेछ।
रोएल एन्फिल्डबारे
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोएल एन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। Pure Motorcycling अवधारणालाई अघि बढाउँदै आएको कम्पनीले हालै सार्वजनिक गरिएको Guerrilla 450 सहित Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडल उत्पादन गर्दै आएको छ।
Eicher Motors Limited अन्तर्गत सञ्चालित Royal Enfield को विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ। नेपालसहित विभिन्न देशमा कम्पनीका CKD assembly facility सञ्चालनमा छन्।
प्रकाशित: २९ वैशाख २०८३ १५:५८ मंगलबार



_-600x400.jpg)

