कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय विराटनगरको देवकोटा चोकबाट विराटनगर –३ स्थित पुष्पलालचोकमा सरेको छ ।
जेन्जी आन्दोलनमा आगलागि भएका कारण हाल स्वास्थ्य मन्त्रालय रहेको भवन जोखिमयुक्त भएपछि मन्त्रालय पुष्पलालचोक नजिकै सारिएको हो ।
साविक लोकसेवा आयोग राखिएको निजी भवनमा भाडा तिरेर स्वास्थ्य मन्त्रालय सारिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केनिन राईले जानकारी दिए ।
पुरानो भवन भएकाले आगलागीबाट भवन बस्न अयोग्य भए पनि तत्कालका लागि कामचलाउन उक्त भवनमा करिब एक बर्ष मन्त्रालय राखिएको थियो ।
नयाँ आर्थिक वर्ष सुरू भएसँगै नयाँ ठाउँमा घर भाडामा लिएर मन्त्रालय सारिएको राईले बताए । मन्त्रालय सार्नेकाम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । विगतमा मोरङको जनस्वास्थ्य कार्यालय रहेको भवनमा संघीयता पछि कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय सञ्चालन हुँदै आएको थियो ।
प्रकाशित: ४ श्रावण २०८३ २१:२७ सोमबार



-600x400.jpg)

