मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसन गोअन क्लासिक ३५० सार्वजनिक गरेको छ । बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ मोडेलमा ३४९ सीसी एयर–अइल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० rpm मा २०.२ bhp पावर र ४,००० rpm मा २७ Nm टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यो इन्जिनलाई ‘लेड–ब्याक बोबर स्टाइल’ अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ । यसको ५–स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ ।
मोटरसाइकलमा नयाँ असिस्ट–एन्ड–स्लिपर क्लच, अपग्रेड गरिएको USB टाइप–C चार्जिङ पोर्ट तथा डाउनसिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ ।
डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइलिङ कायम राखेको छ । फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप एल्युमिनियम ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई बोल्ड कस्टम कल्चर झल्काउने प्रिमियम लुक दिएका छन् ।

लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरूमाझ यो मोडेलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे । उहाँका अनुसार गोअन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाउनेछ । यो मोडेल नेपालभरिका सबै आधिकारिक रोयल इनफिल्डका शोरुमहरूमा उपलब्ध हुनेछ ।
मूल्य (एक्स–शोरुम)
• Shack Black & Purple Haze — रु ५ लाख ९८ हजार
• Trip Teal & Rave Red — रु ६ लाख २ हजार
रोयल इनफिल्डको बारेमा
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपाङ्ग्रे सवारी सेग्मेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ ।
ब्रान्डको ‘प्योर मोटरसाइकलिङ’ दर्शनअनुसार कम्पनीले Hunter 350, Classic 350, Himalayan 450, Meteor 350, Interceptor 650 लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ । हालसालै कम्पनीले शहरी गतिशीलताका लागि नयाँ इलेक्ट्रिक मोबिलिटी ब्रान्ड ‘Flying Flea’ समेत सार्वजनिक गरेको छ ।
Eicher Motors Limited अन्तर्गत सञ्चालित रोयल इनफिल्डका भारतभर २ हजारभन्दा बढी स्टोर तथा विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ । नेपालसहित विभिन्न देशमा कम्पनीका CKD एसेम्ब्ली सुविधा सञ्चालनमा छन् ।
प्रकाशित: २ वैशाख २०८३ १८:५६ बुधबार





