१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ६:२३ पूर्वाह्न
बजार

ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर बिहीबारदेखि खुल्ने

ग्लोबल अनप्याक्ड पश्चात, सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ : अल्ट्रा-पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि-अर्डर गर्न मिल्ने जनाएको छ।  

ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आइ प्रविधिलाई एकसाथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा (स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने कम्पनीकाे भनाइ छ।  

कम्पनीका अनुसार ग्यालेक्सी जेड फ्लिप ७ चाहिँ स्मार्ट ए.आइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम र फ्ल्यागशिप क्यामेरा, एज -टु-एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनमा रहेकाे छ ।  

सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले लेक्सी ए.आइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिने बताए ।  

ग्यालेक्सी जेड फ्लिप ७ मा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ।  यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव रहकाे कम्पनीले उल्लेख गरेकाे छ ।  दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको र ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको कम्पनीकाे भनाइ छ । जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ।  

फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन् भने फ्लिप ७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिने र थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको कम्पनीकाे भनाइ छ ।  

प्री-अर्डरको लागि दर्ता गरी रु ५,००० को अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले  OTP प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा  फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित: २१ श्रावण २०८२ २०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App