२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
बजार

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

फाइल तस्बिर

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ नयाँ मूल्य आएपछि आयल निगमले मूल्य समायोजन गरेको हो ।

पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको र डिजेल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए ।  

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको एक सय ६१ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य लिटर एक सय ४९ कायम गरिएको छ । बढेको मूल्य शनिवारबाट कार्यान्वयनमा आउनेछ ।

प्रकाशित: ३० श्रावण २०८२ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App