१३ श्रावण २०८३ बुधबार
image/svg+xml
बजार

ललितपुरमा नयाँ शो–रुम उद्घाटन

सिरामिक्स तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी काजरिया रमेश टायल्स लिमिटेडले ललितपुरको रातोमाटे चोक, इमाडोलमा नयाँ शो–रुम उद्घाटन गरेको छ। छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा.लि. द्वारा सञ्चालित उक्त शो–रुमको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा मिस नेपाल २०२५ दीपशिखा खड्का तथा काजरिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभय तिवारीको उपस्थिति रहेको थियो। रिबन काट्दै तिवारीले शो–रुमको उद्घाटन गरेका थिए, जसले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल्स समाधान उपलब्ध गराउने नयाँ अध्यायको सुरुआत भएको जनाइएको छ।

सो अवसरमा काजरिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर तिवारीले कम्पनीले ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे। उनले उच्च गुणस्तर तथा डिजाइन–केन्द्रित सामग्रीको माग बढ्दो रहेको सन्दर्भमा यो शो–रुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल्स समाधान अनुभव गर्न सक्ने गन्तव्यका रूपमा विकास गरिएको बताए।

नयाँ शो–रुममा सिरामिक्स तथा भिट्रिफाइड टायल्सका विविध संग्रह प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, आकर्षक फिनिश तथा उच्च प्रदर्शनयुक्त सामग्रीहरू समावेश छन्। यी उत्पादनहरू आधुनिक वास्तुकला तथा आन्तरिक सजावटका आवश्यकताअनुसार तयार गरिएको जनाइएको छ।

काजरिया रमेश टायल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै ठूलो टायल्स उत्पादन उद्योगमार्फत यस क्षेत्रमा नयाँ मापदण्ड स्थापना गर्दै आएको छ। अत्याधुनिक प्रविधियुक्त उक्त उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ।

हाल कम्पनीले नेपालभर १०० भन्दा बढी शो–रुमहरूको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल्स (४०x४० से.मी.) तथा सिरामिक वाल टायल्स (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायल्सहरू पानी तथा दाग प्रतिरोधी, बलिया, टिकाउ र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८३ १९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App