स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। बिहीबार (आज) तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधवार सुन तोलामा तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुन एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ।
उता चाँदीको भाउ भने बढेको छ। आज चाँदी पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बुधवार चाँदी पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो।
यसरी चाँदी ५० रुपैयाँ बढेर कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २९ माघ २०८२ १०:५८ बिहीबार





