९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१ प्रतिशत सेवा शुल्क लागु

इनड्राइभ नेपालले आफ्ना ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१ प्रतिशत सेवा शुल्क लागु गरेको घोषणा गरेको छ।

फेब्रुअरी २०२६ देखि लागु भएको यस पहलले ड्राइभर पार्टनर्सलाई आफ्नो आम्दानीको लगभग सम्पूर्ण हिस्सा सुरक्षित राख्न सहयोग पुर्‍याउनेछ, जसले उनीहरूको आर्थिक सशक्तिकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

इनड्राइभको विशिष्ट पियर–टु–पियर मोडेल अनुसार यात्रु र चालकबीच भाडा पारस्परिक सहमतिमा निर्धारण हुने व्यवस्था रहेको छ।

लगभग शून्य सेवा शुल्कको यो नयाँ नीतिले सो प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र चालकमैत्री बनाउँदै ड्राइभर पार्टनर्सलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यस पहलको मुख्य उद्देश्य प्लेटफर्मको दिगो सञ्चालन सुनिश्चित गर्दै चालकहरूको वास्तविक आम्दानी बढाउनु, उनीहरूको स्वायत्तता सुदृढ गर्नु तथा सेवा प्रदान गर्ने क्रममा निर्णय लिने स्वतन्त्रतालाई अझ बलियो बनाउनु हो।  

प्रकाशित: २९ माघ २०८२ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App