१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

बेसीसहरमा कजारियाको नयाँ शोरूम उद्घाटन

प्रिमियम टाइल र नवीन डिजाइनको क्षेत्रमा स्थापित कजारियाले आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ।  

न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले बेसीसहर र वरिपरि क्षेत्रका ग्राहकहरूलाई आधुनिक, टिकाउ र स्टाइलिश टाइल समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।  

उद्घाटन कार्यक्रम २५ माघ २०८२ बिहान ११ बजे सम्पन्न भएको थियो। कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले उद्घाटन गर्दै भने, “बेसीसहरमा नयाँ शोरूम हाम्रो पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई विश्वस्तरीय टाइल संग्रह नजिक पुर्‍याउने महत्वपूर्ण कदम हो। हामी यस यात्रा जारी राख्दै न्यु आलम मार्बल एण्ड टाइल्ससँग साझेदारी गर्न पाउँदा खुशी छौं।”  

नयाँ शोरूममा कजारियाका ग्लेज्ड भिट्रिफाइड टाइल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टाइल र सेरामिक वाल टाइलको विस्तृत रङ्ग तथा डिजाइन विकल्प प्रदर्शनका लागि राखिएको छ। यसले घरधनी, वास्तुकार, निर्माणकर्ता र ठेकेदारहरूलाई उच्च गुणस्तरीय टाइल समाधानको पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।  

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै ठूलो टाइल उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीले नेपालभर १०० भन्दा बढी शोरूम सञ्जालमार्फत ग्राहकहरूसँग नजिक पुग्ने प्रयास गरिरहेको छ।  

यस शोरूम उद्घाटनसँगै मध्य नेपालको बजारमा कजारियाको उपस्थितिले टाइल उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: २६ माघ २०८२ १७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App