१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
बजार

जनकपुरमा कजारियाको नयाँ सो रूम

कजारियाले जनकपुरमा नयाँ सोरूम सञ्चालन गरेको छ। बाबा अटोमाटा ट्रेडिङ प्रालिद्वारा सञ्चालनमा ल्याइएको उक्त सोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको जानकारी कम्पनीले दिएको छ। सोरूमले ग्राहकलाई आधुनिक र व्यवस्थित खरिद अनुभव प्रदान गर्नेछ।

सो रुम उद्घाटन कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्व, उद्योग क्षेत्रका प्रतिनिधि तथा स्थानीय ग्राहकको उपस्थिति थियो।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर सम्पन्न गरिएको थियो। कार्यक्रममा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी र मिस नेपाल कोसमो २०२५ दीपशिखा नेपालको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ फाल्गुन २०८२ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App