सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ नै थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला चार हजार ४३० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।
प्रकाशित: २० आश्विन २०८३ १०:४२ मंगलबार




-600x400.jpg)
