१० चैत्र २०८२ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बिहीबार यो मूल्य २ लाख ४३ हजार रुपैयाँ थियो।

यसैगरी चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ३१ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य ३१ सय ८५ रुपैयाँ थियो।

प्रकाशित: ५ मंसिर २०८२ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App