५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
बजार

एकैदिन ५८ सयले बढ्यो सुन, चाँदी पनि महंगियो

नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। आज सुन प्रतितोला पाँच हजार आठ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यससँगै बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार सुनचाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: २३ वैशाख २०८३ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App