२७ माघ २०८२ मंगलबार
image/svg+xml
बजार

आज पनि बढ्यो सुन, घट्यो चाँदीको मूल्य

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९०० रुपैयाँले बढेर तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन सुन प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १० रुपैयाँ घटेर पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औंस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ माघ २०८२ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App